बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति, पुनर्निर्माणमा तीनदेखि चार अर्ब आवश्यक 

३ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।

प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका लागि थप तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको है।

frontline

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोले कालीगण्डकी करिडोरलाई ठूलो क्षति पुर्‍याएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको तथा भत्काएको छ भने ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्‍याएको छ।

‘रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुरानै अवस्थामा फर्काउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने देखिएको छ,’ आयोजना प्रमुख शर्माले भने, ‘पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र गरिएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here