बुलेटे आमा सुशिला उप्रेती तिवारीलेले अन्तरिम मन्त्री परिषदका प्रधानमन्त्री सुशीला कार्की संग भेटघाट गर्दै,

५ असोज २०८२ ,काठमाडौँ,

आफ्नो स्थायी घर बुद्धशान्ति गाउँपालिका–३, गा.पा.मा बस्ने सुशीला उप्रेती तिवारीले साहसी र सशक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न भारत, बङ्गलादेश, मलेसिया तथा थाइल्याण्डसम्म यात्रा गरिसक्नुभएको छ।
जीवनको छ दशकभन्दा बढी उमेर पार गर्नुभएकी “बुलेटे आमा”ले बुलेट मोटरसाइकल चढेरै ५७ भन्दा बढी जिल्लाको भ्रमण गरिसक्नुभएको छ।
मानिसको इच्छा र चाहना भए असम्भव भन्ने केही कुरा हुँदैन। नेपाली संस्कृति, नेपाली पहिचान, नेपाली पौरखलगायत विश्वशान्तिको कामना सहित सुशीला उप्रेती तिवारी “बुलेटे आमा” ले भोली २०८२ असोज ४ गतेदेखि नयाँ बुलेट यात्रा सुरु गर्न लाग्नुभएको हो।

frontline

जेनजी आन्दोलनको क्रममा शहीदप्रति श्रद्धाञ्जली दिँदै आगामी मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने कार्यक्रम तय भएको छ। त्यसलगत्तै “बुलेटे आमा” ले इजरायलसहित अन्य देशमा बुलेट बाइक यात्राको लक्ष्य राख्नुभएको छ।
सामाजिक सञ्जालमा “बुलेटे आमा” को नामले चिनिएकी सुशीला उप्रेतीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गर्ने तयारी गरेको छ। त्यस्तै उनले वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएकी छिन्।

बुलेटेआमा #सुशिलाउप्रेतीतिवारी #अन्तरिममन्त्रिपरिषद #प्रधानमन्त्रीसुशिलाकार्की #भेटघाट #नेपालराजनीति #नेपालसमाचार #NepalPolitics #InterimGovernment

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here