बुद्ध एयरका अध्यक्ष सुरेन्द्र ब. बस्नेतको निधन

१० पुस, काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको ९३ वर्षको उमेरमा आइतबार  बिहान निधन भएको छ ।

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिनु भएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गर्नुभएको थियो ।

frontline

बस्नेतले भारतको बनारसबाट एमएलएलबीसम्मको अध्ययन पुरा गर्नुभएको थियो । वि.सं. २०२४ सालमा कानुन, न्याय तथा शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत बन्नुभएका बस्नेत नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश समेत रहनु भएका बस्नेत नेपाल बार एसोसिएसनका संस्थापक सदस्य तथा निर्वाचन आयोगका प्रथम प्रमुख आयुक्त समेत हुनुहुन्थ्यो ।

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर उहाँले नेपालको आन्तरिक उडान क्षेत्रमा भरपर्दो माध्यम खडा गर्नुभएको छ । बस्नेतका २ छोरा र १ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here