बुटवलस्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी

सान्केतिक तस्बिर

३० पुस, बुटवल ।  बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी भएको छ ।

माघ १ गतेदेखि सञ्‍चालनमा आउने तयारीमा रहेको प्लान बी क्लबमा शुक्रबार दिउँसो १ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आएको छैन।
 
नियन्त्रणको प्रयास भएपनि आगलागी स्थलमा दमकल जाने बाटो नहुँदा समस्या भइरहेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिकाका दमकलले आगो निभाउँदा पनि नियन्त्रण आएको छैन् । बाक्लो बस्ती र साँघुरो सडकले समस्या भएको छ ।

frontline

यसअघि बाटो फराकिलो बनाउन स्थानीयले माग गरेपनि जग्गाधनीले नदिँदा बाटो फराकिलो हुन सकेको छैन् ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन् । क्लब संचालन गर्नका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here