बुटवलमा सामूहिक कुटपिटबाट पुरुषको हत्या

२२ पुस,बुटवल । बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो ।

शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको मृतकका छोरा दीपेश  नेपालले जानकारी दिए ।

frontline

कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here