बुटवलबाट गुल्मी आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते

१९ असोज, गुल्मी ।  बुटवलबाट गुल्मीको अर्जै छाप आउँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

मंगलबार राति पौने दुई बजे लु१ज ४४४८ नम्वरको जीप रेसुंगा नगरपालिका ४ रागेढुंगा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। 

frontline

दुर्घटनामा परी जीप चालक इस्मा गाउँपालिका ६ अमरपुर निवासी २६ वर्षीय बेले नामले चिनिने कृष्ण बहादुर सुनार र बुटवल १४ बस्ने अमरपुर माइतीघर भएकी ३५ वर्षिय देवकला अर्याल घाइते भएका छन्।

गाडी चालक सुनारको दाहिने हात भाँचिएको छ भने अर्यालको घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए। जीपमा दस जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here