बिदेसिनु रहर कि बाध्यता-विदेशिएको युवाको प्रति प्रश्न-ओम उप्रेती
म जस्तै लाखौं युवाहरु बिदेश पलायन भए किन कि मुख्य कारण गरिबि नै रहयो र देशमै रोजगार अवसर मिल्न नत हाम्रो अभिभावक राजनीतिक मा थिए न त उद्योगपति एउटै विकल्प थियो बिदेशिनु रहर थिएन बाध्यता थियो, तर पनि देशप्रतिको माया ले फेरि बारम्बार सताई रहन्थ्यो, र बिदेशमा सिकेको सिप लाई आफ्नो देशमा पनि भित्र्याउने र यसबाट हजारौ व्यक्तिको अकालमा मृत्यु हुनु बाट जोगाउन लागिपरे योगदान राष्ट्रको लागि तर यहाँ कसलाई देशको चिन्ता ? चिन्ता त रहेछ तर आफ्नै कुर्सी, पद, पावर र पैशाको लागि मात्र राजतन्त्र फेरियो गणतन्त्र आयो लोकतन्त्र आयो संविधान फेरियो तर गरिब गरिब रहे कुनै परिवर्तन हुन सकेन आज पनि नेपाल बन्द हड्ताल सडकहरु बन्द आमसभा नेताजीहरु एकअर्कामा आरोप-प्रत्यारोप मा मात्रै व्यस्त रहे त्यहाँ भन्दा अरु कुनै नयाँ परिवर्तन हुन सकेन हाम्रो देश को युवाहरु आज पनि विभिन्न राजनीतिक पार्टीको झण्डा बोक्न मात्र बेस्त छन् के युवाहरूको जिम्मेवारी हड्ताल बन्द सडकमा र दल को झण्डा बोक्ने मात्र हो त ? के यसरी परिवर्तन हुनसक्छ देशमा ?? यदि तपाइँ देश लाई माया गर्नुहुन्छ भने व्यक्ति होइन राष्ट्रको लागि अघि पढ्नुस् व्यक्ति र कुनै दलको होइन राष्ट्रको झन्डा बोक्नुहोस एक्काइसौँ शताब्दीमा आज विदेशीहरु अंतरिक्ष मा कसरी बस्ती बसाल्ने विषयमा होडबाजी चलिरहेको छ तर हाम्रो देश नेपाल मा नेता ज्यु हरु रोडमा कसले बढी समर्थक झन्डा बोकेर आन्दोलन गराउने विषयमा मात्रै होडवाजी देखिन्छ
प्रतिक्रिया दिनुहोस्