बाहिर युद्धविराम, भित्रभित्रै भुसको आगो

चार दिनको आक्रमण र प्रत्याक्रमणपछि युद्धविरामका लागि सहमत भएका भारत र पाकिस्तानबीचको तिक्तता भुसको आगोझैँ सल्किन लागेको छ । दुबै मुलुकले फेरि एक एक जना कूटनीतिज्ञलाई अवान्छित घोषणा गर्दै निकाला गरेका छन् । उनीहरुले ती कूटनीतिज्ञमाथि जासुसी गतिविधिको आरोप लगाएका छन् ।

पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अस्ति दिउँसो २४ घण्टे म्याद दिएर देश निकाला गरेको छ । भारतीय कार्यवाहक नियोग प्रमुखलाई पाकिस्तानी विदेश मन्त्रालयमा बोलाएर आफ्ना कर्मचारीलाई कूटनीतिक मर्यादाभित्र रहन आग्रह गरेसङ्गै ती कर्मचारीलाई निश्कासन गरिएको बताइन्छ ।

frontline

त्यसअघि भारत सरकारले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा कार्यरत एक अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिएको थियो । भारतले पनि ती कर्मचारीलाई पाकिस्तानलेझैँ आरोप लगाएको छ । 

दुबै मुलुकले आफ्नो आकाश अर्को मुलुकका वायु सेवा कम्पनीका विमानलाई लगाएको उडान प्रतिबन्ध कायम राखेका छन् । उक्त प्रतिबन्धका कारण भारतीय विमान सेवा कम्पनीहरुले करोडौं डलर घाटा व्यहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here