बाल्यवस्थाको दशै…
कबिता
बाल्यवस्थाको दशै धानका बाला झै झूलेका थिए
मनका रहरहरु ओठमा मूस्कान बोकी गाउघर डूलेका थिए रहरहरु ।
महिनौ लाग्ने मासूको पखाइमा कहिले पाउछू बास्ना भनी आएर भन्दै थिए आफन्त भोली पूरा हून्छन सपनाहरु
गाउँघर वरीपरि थिए जीवनका पिङ्गहरु म झूल्दैथिए
एउटा स्कूल जाने कपडा पाए बन्दै गाउघर डूल्दैथिए ।
त्यही पल प्यारा थिए आज हजार तिरेको कपडा भन्दा स्वतन्त्र भइ खेल्दै गर्दा रहरहरु काचूली फेर्दै थिए ।
घण्टौ हिडेर रातो माटो र कमेरो माटो बोकेर ल्याएको घरमा
छोरी भए मात्र घर सजाउन सकीन्छ भन्ने शब्द गूँन्जेको । गाइको गोवर लिइ हातमा आगनका चारकूना कपास झै मूलाम पारी
गयो चाहना मनको रहरका पानाहरु बाल्यकालका साथी छूटीदै
आज भए एक्लै ति दशैको रहरका पानाहरु आफन्त छूटिदै ।
हामीले नी बूझौ न बाल्यवस्थ जिवनकै लागी जिवनदान हो भनी
कटौति चिन्दैनन न त जातो ढिकी सीकाउने बेलामा
आज हामी बन्देज किन पादैछौ एउटा सानो कोठामा प्रकृती सगै खेल्न दिइ आफना सिकाइ बाडन दिई मनका चाहना खूसी आनन्द परिवार सग लिई
खूसी बाडी मनाउ सबैले मनमूटावलाई बिर्को लगाएर बिस्फोट नहोस
प्रतिक्रिया दिनुहोस्