बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२ असोज, भक्तपुर । १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा भक्तपुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

दोलखा शैलुङ गाँउपालिका-७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

frontline

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका-१ दूधपाटीमा रहेको मम एण्ड पिज्जा हाउसमा भक्तपुरकै एक विद्यालयमा अध्ययनरत ती बालिकालाई बोलाएको थियो।

पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए। 

उनलाई ललितपुर उपमहानगरपालिका-९ भुलढोकाबाट नियन्त्रणमा लिइएको उनले जनाए। जबरजस्ती करणी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here