बालिका बलात्कारको आरोपमा मोरङबाट एकजना पक्राउ
२० माघ, विराटनगर । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीबाट एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।
१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार चौधरीले बालिकालाई बुधबार साँझ ५:३० बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको श्रेष्ठले बताए।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको छ।
बलात्कार पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। पीडकको स्वास्थ्य परीक्षण पनि धरानमै गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्