बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा वृद्ध पक्राउ

१३ फागुन, विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।

frontline

बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए ।

‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने,‘ घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार बालिका स्कुल आउ-जाउ गर्दा गिरीको घरको बाटो जानुपर्छ । बुधबार साझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ ।

स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको शुक्रबार बिहान शव गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव नाङ्गो अवस्थामा थियो ।

ढुङ्गाले थिचेर लुकाएको शव शरिरको विभिन्न भागमा चोटपटक छ । उनका अनुसार बालिका जाते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।

‘बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’उनले भने,‘ थप अनुसन्धान जारी छ ।’ पक्राउ परेका गिरीको केही समय अघि मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here