बालाजुमा ग्यास बुलेटमा च्याप्दा एक चालकको मृत्यु
१३ माघ, काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् ।
आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।
चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्