बालबालिकालाई कोरोना खोप लगाउन: देउवाको सरकारलाई आग्रह

सरकारलाई देउवाको आग्रह- बालबालिकालाई कोरोना खोप लगाइयोस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउने र त्यसबेला बालबालिका धेरै प्रभावित हुने विज्ञहरूले बताइरहेकोले सरकारले कोरोना खोप लगाउने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।

frontline

केन्द्र तथा सातवटै प्रदेशमा रहेका अस्पतालहरूमा विशेष वार्ड तथा आइसियूलगायत व्यवस्थापन गर्न तथा १२ वर्षमाथिका बालबालिकालाई खोप लगाउने प्रक्रया अगाडि बढाउन देउवाले सरकारलाई आग्रह गरेका हुन्।

‘कोरोनाभाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन्,’ देउवाले ट्वीट गर्दै भनेका छन्, ‘म सरकारलाई केन्द्र र सातै प्रदेशमा बालबालिकालाई अस्पतालमा विशेष वार्ड तथा आइसियूलगायत तयारी गर्न र १२ वर्षमाथिका बालबालिकालाई खोप सुरू गर्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु।’

पछिल्लो समय नेपालमा कोरोनाभाइरसका संक्रमित र त्यसबाट मृत्यु हुनेहरूको संख्या वृद्धि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here