बालबालिकाका लागि फाइजर र मोर्डनाको खोप ल्याउँदैछौ : स्वास्थ्यमन्त्री उमेश श्रेष्ठ

बिहीबार, काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए । 

frontline

हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा खोप प्राप्त भएको र  ३ करोड ३६ लाख खोपको मात्रा आउने प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।

उनले आगामी असोजसम्म १ करोड ८ लाख थप खोप आइपुग्ने जानकारी गराए । माघ मसान्तसम्म ३ करोड २३ लाख थप खोप प्राप्त हुने बताउँदै माघसम्म कुल ५ करोड २३ लाख खोप पुग्ने बताए । 

हालसम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन भने २८ लाख ८८ हजार ३ सय ६९ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

भेरोसेल खोप ९ लाख मात्रा, अस्ट्राजेनिका ११ लाख ५० हजार मात्रा र जोन्सन २१ हजार मात्रा गरी २० लाख ७१ हजार मात्रा खोप स्थानीय तहमा भण्डारमा रहेको बताए । 

यस्तै केन्द्रीय भण्डारमा अस्ट्राजेनिका १ लाख ६१ हजार मात्रा र जोन्सन १२ हजार मात्रा गरी कुल १ लाख ७३ हजार मात्रा रहेको जानकारी गराए । 

हालसम्म नेपालमा पिसिआर र एन्टिजेन बिधिबाट कुल ७ लाख ९५ हजार ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

जसमा ६ लाख ७५ हजार कोरोना संक्रमणबाट निको भएको र निको हुने दर ९३ प्रतिशत रहेको जानकारी दिए ।

९६ वटा प्रयोगशालाबाट पिसिआर बिधिबाट परीक्षण गरिने र ६८ वटा सरकारी प्रयोगशालाबाट निःशुल्क कोरोना परीक्षण गरिने गरेको उनले बताए ।

कोरोनाबाट १० हजार १ सय ८० जनाले ज्यान गुमाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here