बार्षिक १५०० स्थान मा नि:सुल्क दन्त्य शिबिर संचालन गरि सबैको पहुच मा उपचार सहज बनाउने लक्ष

चावहिल फाल्गुन २४ , गोपीकृष्ण  मार्गमा अवस्थित ओम समाज डेण्टल हस्पिटलले सबैको लागि दन्त्य उपचार सजिलो,सहज होस् भन्ने उदेश्यले “जस्को दाँत सबल उस्को जिबन सफल ”नारा का साथ् ललितपुर गोदाबरी टिका भैरबको  बुद्ध माध्यामिक बिधालयमा  गोदावरी सरोकार र सम्भावना नेपालको संयुक्त आयोजनामा नि:शुल्क शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

हस्पिटलले सञ्चालन गरेको शिविरमा दुई सय जनाको नि:शुल्क आखा,दाँत तथा प्रसुती सम्बन्धि विशेषज्ञ डक्टरहरुको टिमबाट उपचार गरिएको थियो भने सबै बिरामीहरुलाई निशुल्क ब्रस,मन्जन तथा आबस्यकता अनुसार औषधि पनि वितरण गरिएको थियो  ।

frontline

       
उक्त शिविरमा ओम समाज हस्पिटलका प्रसासन प्रमुख अजय रेग्मी लगायत डा.रिमिषा भट्टराई , डा.शृंखला श्रेष्ठ, डा.सम्पदा श्रेष्ठ, डा.युनिसा श्रेष्ठ असिस्टेन्ट सावित्रा निरौला को टिमले शिविरको व्यवस्थापन गरको थियो भने ओम समाज डेन्टल हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निशुल्क रुपमा गरेको थियो ।

       
उक्त शिविरमा  गोदावरी नगर पालिका उपप्रमुख मुना अधिकारी,वडा का प्रतिनिधि,सुरक्षा प्रमुख तथा अन्य बिसिस्ट व्यक्तित्व हरुको समेत उपस्थिति रहेको थियो ।शिविरमा ओम समाज डेन्टल हस्पिटलले बिरामीलाई आजिबन सदस्य कार्ड समेत नि:सुल्क  बितरण गरेको थियो ।

“जस्को दाँत सबल उस्को जिबन सफल ”नारा का साथ् ओम  समाज डेन्टल हस्पिटलले काठमाडौँ उपत्यका भित्र बाहिर गरि बार्षिक १५०० स्थान मा नि:सुल्क दन्त्य शिबिर संचालन  गरि  सबैको पहुच मा उपचार सहज बनाउने लक्ष अनुरुप अघि बढिरहेको र गत वर्ष १२०० स्थान मा नि:सुल्क शिबिर  सम्पन्न गरेको  समेत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here