बारामा पार्किङ्ग गरेर राखेको बसमा आगजनी

१६ माघ, वीरगंज । बारामा अज्ञातसमूहद्वारा पार्किङ्ग गरेर राखेको बसमा आगजनी गरेको छ । बाराजिल्लास्थित कोल्हवी नगरपालिका वडा नं. ६ कुमारगढी गाउँमा अज्ञात समुहले यात्रु बाहकबस जलाएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ७ ख ३६३५ नम्बरको पार्किङ्ग गरि राखिएको यात्रु बाहक बस शनिबार राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

frontline

आगजनी कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here