बारामा नदीमा डुबेर बालिकाको मृत्यु

वीरगञ्‍ज। बारामा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

आदर्श कोतवाल गाउँपालिका-८ जमुनिया बस्ने अब्दुल कलामकी ९ वर्षीया छोरी रोशन ताराको नदीमा डुबेर मृत्यु भएको हो ।

frontline

उनी जमुनी नदीको किनारमा बाख्रा चराउन गएकी थिइन् ।

नदीमा हात खुट्टा धुने क्रममा लड्दा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here