बारामा थप एक कोरोना संक्रमितको मृत्यु
११ माघ, वीरगञ्ज । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको कोल्हवी नगरपालिका-३ बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।
माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो ।
उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्