बाराको चार निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी मत बदर

फाइल तस्बिर

१२ मंसिर, सिमरा । बाराको चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार ५० हजारभन्दा बढी मत बदर देखिएको छ। जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतपरिणाममा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ५० हजार दुई सय ७७ मत बदर देखिएको हो।

कार्यालयले उपलब्ध गराएको मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ बारा क्षेत्र नं. १ मा १० हजार चार सय ७३, क्षेत्र नं. २ मा १३ हजार तीन सय ४२, क्षेत्र नं. ३ मा १२ हजार ९ सय ३२ र क्षेत्र नं. ४ मा १३ हजार पाँच सय ३० मत बदर देखिन्छ। चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत क्षेत्र नं. ४ मा बदर भएको देखिएको छ।

frontline

चार लाख ३३ हजार ५०४ कूल मतदाता रहेको बारामा मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ दुई लाख ८७ हजार दुई सय १९ मत खसेको थियो। खसेको मतमध्ये दुई लाख ७४ हजार ६ सय ५२ मतमात्रै सदर भएको छ।

समानुपातिकतर्फ दुई लाख ८९ हजार दुई सय ६० मत खसेको थियो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भन्दा दुई हजार ४१ मत समानुपातिकमा बढी खसेको हो। अन्तिम मतदाता नामावलीमा नाम हरी निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मीसहित वृद्धाश्रममा रहेका वृद्धवृद्धा, निर्वाचन कसुरमा सजाय भोगिरहेका बाहेक अन्य कैदीबन्दीलाई समानुपातिक निर्वाचनमा सहभागी गराउन बारा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत कलैयामा अस्थायी मतदान स्थल राखिएको थियो।

उक्त अस्थायी मतदान स्थलबाट एक हजार सात सय ४७ मत प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको हो। समानुपातिकतर्फ चार वटै निर्वाचन क्षेत्रबाट खसेको कूल मतमध्ये १३ हजार तीन सय ७५ मत बदर हुँदा दुई लाख ७५ हजार आठ सय ८५ मतमात्रै सदर भएको छ।

क्षेत्रगत तथ्यांकअनुसार बारा क्षेत्र नं. १ मा एक लाख १९ हजार तीन सय ७५ मतदाता मध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० हजार सात सय ८५ र समानुपातिकतर्फ ८० हजार चार सय ९९ मत खसेको थियो। खसेको मतमध्ये प्रत्यक्षतर्फ दुई हजार सात सय ५६ र समानुपातिकतर्फ दुई हजार सात सय ६९ मत बदर रहेको जिल्ला निर्वाचन कार्यालयको विवरणमा उल्लेख छ।

त्यसैगरी क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ दुई हजार दुई सय ५० मत बदर हुँदा समानुपातिकतर्फ दुई हजार ६ सय ९८ मत बदर देखिन्छ। प्रदेशसभामा प्रत्यक्षतर्फ खसेको ८० हजार पाँच सय ६० मतमध्ये ७८ हजार तीन सय १० मतमात्रै सदर भएको छ। त्यस्तै समानुपातिकतर्फ खसेको ८१ हजार ४९ मतमध्ये ७८ हजार तीन सय ५१ मत सदर भएको छ।

बारा क्षेत्र नं. २ को कूल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ र समानुपातिकतर्फ ६८ हजार पाँच सय ५१ मत खसेको थियो। खसेको मतमध्ये प्रत्यक्षतर्फ ६३ हजार सात सय ४२ मत सदर हुँदा दुई हजार ९९९ मत बदर हुन पुगेको छ।

त्यसैगरी समानुपातिकतर्फ खसेको मतमध्ये ६४ हजार एक सय ७७ मत सदर र चार हजार तीन सय ७४ मत बदर भएको छ। समानुपातिकतर्फको यो बदर संख्या अन्य क्षेत्रको तुलनामा बढी हो।

क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ खसेको ६६ हजार सात सय १६ मतमध्ये ६४ हजार आठ सय २४ मत सदर भएको छ। उक्त मत सदर हुँदा दुई हजार ९० मत बदर भएको छ। प्रदेशसभाको समानुपातिकतर्फ खसेको ६६ हजार सात सय ७७ मतमध्ये ६२ हजार ९ सय मत सदर भएको छ। प्रदेशसभाको समानुपातिकतर्फ तीन हजार आठ सय ७७ मत बदर भएको देखिन्छ।

बारा क्षेत्र नं. ३ को कूल एक हजार तीन हजार एक सय ४८ मतदातामध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार नौ सय ६६ मत खसेको थियो। खसेको मतमध्ये ६३ हजार ६ सय १५ मत सदर र तीन हजार तीन सय ५१ मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ खसेको ६७ हजार तीन सय ५० मतमध्ये ६४ हजार चार सय ३२ मत सदर भएको छ भने दुई हजार नौ सय १८ मत बदर हुन पुगेको छ। प्रदेशसभातर्फ खसेको ६७ हजार दुई ६५ मतमध्ये ६३ हजार दुई ६४ मत सदर हुँदा चार हजार एक मत बदर भएको छ।

बारा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको ७२ हजार सात सय २७ मतमध्ये ६९ हजार दुई सय ६६ मत सदर भएको छ। यस क्षेत्रमा तीन हजार चार सय ६१ मत बदर भएको छ। जुन चार वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ बदर भएको मतसंख्या भन्दा बढी हो।

यस क्षेत्रबाट समानुपातिकमा खसेको ७२ हजार आठ सय ६० मतमध्ये ६९ हजार पाँच सय ४६ मत सदर भएको छ। समानुपातिकतर्फ यस क्षेत्रमा तीन हजार तीन सय १४ मत बदर भएको छ।

प्रदेशसभाको प्रत्यक्षतर्फ यस क्षेत्रबाट खसेको ७२ हजार पाँच सय २७ मतमध्ये दुई हजार दुई सय २९ मत बदर छ। निर्वाचन कार्यालयको तथ्यांकअनुसार प्रदेशसभातर्फ ७० हजार दुई सय ९८ मत सदर भएको छ।

प्रदेशसभाको समानुपातिकतर्फ यस क्षेत्रबाट चार हजार पाँच सय २६ मत बदर भएको छ। यो संख्या अन्य क्षेत्रभन्दा बढी हो। यस क्षेत्रबाट प्रदेशसभाका लागि खसेको ७२ हजार ६ सय ७८ मतमध्ये ६८ हजार एक सय ५२ मत सदर भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here