बायाँ इन्जिनमा समस्या आएपछि बुद्ध एयरको जहाज आकस्मिक अवतरण

फाइल तस्बिर

१ पुस, काठमाडौं । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

frontline

जहाज अहिले धावन मार्गमा छ। उडान चालकसहित यात्रुहरु सकुशल रहेका छन्।

उडान नम्बर ३६० को जहाजमा १७ जना वयस्क, १ जना बच्चा र एक जना नाबालक गरी १९ जना यात्रु सवार थिए।

अर्को जहाजबाट यात्रुहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here