बायर्नलाई हराउँदै बेनफिका समूहविजेता

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बेनफिका समूह विजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो।
  • बायर्न म्युनिखले जित हासिल गर्न सकेन र दोस्रो स्थानमा रह्यो।
  • अकल्याण्ड सिटी र बोका जुनियर्स समूहबाट बाहिरिए।

frontline

११ असार, काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह सी को खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै बेनफिका समूहविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि नै अघिल्लो चरणमा पुग्ने पक्का भइसकेको बायर्नले शतप्रतिशत जित भने निकाल्न सकेन । बेनफिकाका लागि १३औं मिनेटमा आन्द्रेस सेल्डरुपले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

यसै समूहको अर्को खेलमा अकल्याण्ड सिटी एफसी र बोका जुनियर्सले १-१ गोलको बराबरी खेले । दुवै समूह चरणबाटै बाहिरिएका छन् ।

समूह सी मा अपराजित बेनफिकाको ३ खेलमा ७ अंक भयो भने बायर्न ३ खेलमा ६ अंक जोडेर दोस्रो भयो । बोका जुनियर्सको २ तथा अकल्याण्डको १ अंक रह्यो ।

फिफा क्लब विश्वकप

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here