बानेश्वरस्थित एनआईसी एसिया बैंकमा लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

२३ पुस, काठमाडौं । नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।

frontline

तर १८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here