बाढीमा परी १० सुरक्षाकर्मीका मृत्यु,तीनजना घाइते

१४ साउन, घाज्नी । अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीका ज्यान गएको छ। घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवं मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीका अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो।

उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन्। मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here