बाजुरामा कोरोनाको संख्या दिनहु बढ्दै ,छैन सुरक्षा मापदण्ड

७ माघ, बाजुरा । बाजुरामा कोरोना संक्रमीतको संख्या दिनहु बढ्दै गएका छन्। अहिले सदरमुकाम मार्तडीका प्रत्येक ठाउँमा कोरोना संक्रमणका बिरामीहरु छरिएर रहेका छन्।

कोरोना संक्रमण दर प्रत्येक दिन बढ्दै गएको भएको भएपनि सुरक्षाका मापदण्डहरु भने कसैले प्रयोग गर्ने गरेको पाईएको छैन।

frontline

जिल्ला अस्पताल बाजुराको तथ्याङ्कअनुसार एक हप्तामा १ सय ४९ जनाको पिसिआर परिक्षण गर्दा ३६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराका कोभिड सूचना अधिकारी चुडामणी पन्तले बताए।

यो तथ्याङ्क बाजुरामा पहिलो र दोस्रो कोरोनाको भेरियन्टको तुलनमा अत्याधिक बढी भएको सूचना अधिकारी पन्तले बताए। जिल्लाका मुख्य नाकाहरुमा कडाई नहुँदा जिल्लामा संक्रमण दर बढ्दै गएको हुन सक्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ।

बाजुरामा गरिएको पिसिआरमा ४ देखि ७ जनामा कोरोना पोजेटिभ देखिने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। सदरमुकाम मार्तडीमा अझ यसको प्रभाव बढीरहेको देखिएको छ।

कोरोना पोजेटिभ भएका धेरै जसो संक्रमीतहरु बजारमा डुलीरहँदा अझ थप कोरोना फैलिने डर भएकोले जिल्ला प्रशासनले कडाई गर्नुपर्ने देखिएको नागरिक समाजका अगुवाहरुले बताएका छन्।

स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क अनुसार हालसम्म जिल्लाभर ६३ जना संक्रमित रहेका जनाएको छ।

जसमा बडिमालिका नगरपालिकामा ३७ जना, बुढिनन्दा नगरपालिकामा ५ जना, बुढिगंगा नगरपालिकामा १२ जना त्रिबेणी नगरपालिकामा ७ जना र हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा १/१ जना रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। 

विहिबार गरिएको परिक्षणमा जिल्लाभर ३३ जनाको परिक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क रहेको छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here