बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

२ कार्तिक, बाजुरा  बाजुरामा अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका ६ की २० वर्षीया नीतु जैशीको मृत्यू भएको बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले जानकारी दिए । 

नीतुको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको हो । असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बितिकै आफन्तले टाँटे स्वास्थ्य चौकी लगेका थिए । दिउँसो साढे ४ बजे नीतुले छोरीलाई जन्म दिइन । 

frontline

टाँटे स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको अवस्थामा बच्चा जन्माएकी नीतुको कुनै जटिल समस्या थिएन । उनलाई सोमबार साँझ ६ बजे घर पठाएको थियो । स्वास्थ्य चौकीले घर नलानु भन्दाभन्दै आफन्तले घर लगेको थापाले बताए । 

घर लगेको केही समयमा नीतुलाई अत्याधिक रक्तस्राव भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकी मै ल्याएको  स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य चौकी पुगाएको २० मिनेटमा नीतुको मृत्यु भएको इन्चार्ज थापाले बताए । स्वास्थ्य चौकी पुग्दा नीतुको अवस्था गम्भीर भएको र बचाउन नसकिएको थापाले बताए । 

स्वास्थ्य चौकीमा सामान्यतया सुत्केरी भएको ८ घण्टादेखि २४ घण्टा भित्र सुत्केरीलाइ घर पठाउनु पर्ने प्रावधान छ । तर स्वास्थ्य चौकीले सुत्केरी भएको २ घण्टामा नीतुलाइ घर पठाएको बुझिएको भन्दै यो लापरबाही स्वास्थ्यकर्मीकै भएको एक स्वास्थ्यकर्मीले बताए । 

नीतुलाइ तालिम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा दिएको भएपनि दोस्रो पटक स्वास्थ्य चौकी पुर्‍याउँदा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी घटनाबारे सोध्दा सुत्केरी मृत्यु बारे जानकारी नभएको र बुझेर खबर गर्ने बताए ।

बाजुरामा ३ वर्ष यता नीतुसहित ९ सुत्केरीको मृत्यु भइसकेको छ । 

lli

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here