बाजुराको सदरमुकाममा बिमानस्थल बनाउन पहल गर्दै मेयर बडुवाल

 जिल्लाको सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडिमालिका नगरपालिकाका नगर प्रमुख बिभिन्न ठाउँमा पहलका लागि लागिपरेका छन । सदरमुकाममै एयरपोर्ट बनाउनका लागि बडीमालिका नगरपालिकाले तयारी थालेको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।
नगरपालिकाको फागन ९ गते कार्यपालिकाको बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिआईजेड संग डिपिआर तयारी गराउने निणर्य गरेको मेयर बडुवालले बताएका छन् ।
सोही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसंग भेटेर छलफल गरेका छन् ।
सामान्य उपचारका लागि समेत लामो समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकोले यसको अन्त्यको लागि मार्तडीमा एअरपोर्ट निर्माण गर्ने गरि तयारीमा लागिएको बडीमालिका नगरपालिका नगर प्रमुख बडुवालले बताए । जनताको सहजताका लागि यो अभ्यासको सुरुवाती गरेका छौ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here