बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकमा मतदानमै विवाद

८ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत देशभरबाट पालिकाको नतिजा धमाधम सार्वजनिक भइरहँदा देशको दुई स्थानीय तहमा अझै मतदानकै प्रक्रिया पूरा हुन सकेको छैन।

बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकमा स्थानीय तहको निर्वाचन अन्तर्गतको मतदानमै विवाद चुलिएको छ।

frontline

निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन दिएको छैन।

एक पक्षले मतदानमा एमाले धाँधली गरेको भनेको छ भने अर्को पक्षले कांग्रेसले धाँधलीगरेको आयोगमा रिपोर्ट आएको छ। 

त्यहाँ नयाँ मतदान गराउनु पर्ने एक पक्षको माग छ भने अर्को पक्षले गणना गराउनु पर्ने अडानमा छ। विवाद देखिएपछि बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत कृष्ण सापकोटा राजिनामा दिएर कार्यस्थलबाट फर्किसकेका छन्।

त्रियुगा नगरपालिकाको सहायक निर्वाचन अधिकृत दिलीप मगरका अनुसार बर्षले तीन मतदान केन्द्रमा मतदान बीचमै रोकिएको थियो।

त्यसपछि बढेको भिडले मतदान गराउन नसक्दा मतदान अधिकृतले मुचुल्का उठाएर मतदान स्थगित गराएको प्रतिवेदन दिएको छ।

त्रियुगा नगरपालिकाको वडा नम्बर १२ स्थित जनप्रेमी आधारभूत विद्यालयको मतदान स्थलको तीन वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो।

विवाद आएपछि आयोगले जाँचबुझ गर्न बाजुरा र उदयपुरमा स्थलगत अध्ययन टोली खटाएको छ। बाजुरामा आयुक्त सगुन शम्सेर जबरा पुगेर फर्केका छन् भने उदयपुरमा रामप्रसाद भण्डारीको नेतृत्वको टोली शनिबार पुगेको छ।

आयुक्त रानाले आयोगमा स्थलगत प्रतिवेदन बुझाइसकेका छन्। उदयपुर पुगेका आयुक्त भण्डारी स्थानीय राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृतसंग वास्तविकता बारे जानकारी लिएका छन्।

बुढीगंगा र त्रियुगा नगरपालिकाको निर्वाचन बारे आयोगले उपयुक्त निर्णय लिन छलफलमा जुटेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here