बाघको आक्रमणबाट रौतहटमा एक युवा घाइते
१९ माघ, रौतहट । बाघको आक्रमणबाट रौतहटमा एक युवा घाइते भएका छन्। मंगलबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नं ५ घर भएका युवकलाई घाँस लिन जंगल जाँदा बाघले आक्रमण गरेको हो।
२२ वर्षीय प्रदिप चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन्। चौधरीको हात र पेटमा चोट लागेको छ।
गतवर्षको बाघ गणनामा जिल्लाको बन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो। बिगत ६ महिनामा आक्रमणबाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन्। पर्सा, बारा, मकवानपुर र रौतहटको बन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो।
यहि माघ ४ गतेदेखि सुरु भइ १५ दिनसम्म रौतहटको बनमा क्यामरा जडान हुने बन कार्यालयले जनाएको छ। उक्त अवधिमा वनक्षेत्रमा प्रवेश निषेध गरिएको बन कार्यालयले जनाएको छ।
बाघ गणनाका लागि ठाउँ ठाउँमा क्यामरा जडान भएको हुँदा सो क्यामरा नचलाउन समेत आग्रह गरिएको छ।
गत वर्ष पनि रौतहटको बनमा क्यामरा जडान गरि बाघको गणना गरिएको थियो। रौतहटमा ४ वटा वस्यक बाघ भेटिएको थियो।
गत आवमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका बनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएको थियो ।
यस बर्ष पनि बाघको आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको रौतहटका डिएफओ अमरदेव यादवले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्