बाघकाे आक्रमणबाट एक जनाकाे मृत्यु

२९ कार्तिक, बाँके । बाँकेको नरैनापुर गाउँपालिका ४ पण्डितपुरुवामा बाघकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । हिजाे शनिवार राति स्थानीयवासी लखन गडरियाको शव भेटिएकाे इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्त गौतमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गाई चराउन गएकाे २५ गते जङ्गल जानुभएका लखन फर्केर नआएपछि खोजी गर्दा हिजाे राति जङ्गलमा उहाँकाे शव भेटिएकाे हाे । उहाँकाे पिठ्यु भाग बाघले खाएको, घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ ।  बाघले एउटा गाईसमेत मारेको प्रहरीले जनाएकाे छ ।

frontline

बाँकेमा पछिल्लो दुई महिनामा बाघले मान्छेलाई आक्रमण गरेकाे याे दाेस्राे पटक हो । यसअघि भदौ अन्त्यमा राप्ती–सोनारीमा बाघको आक्रमणमा एक जनाकाे ज्यान गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here