बाग्लुङ, मोरङ, गोरखा र प्युठानमा चारजना मृत फेला

१ मंसिर, काठमाडौं । बाग्लुङ, मोरङ, गोरखा र प्युठानमा चारजना मृत अवस्थामा फेला परेका छन् ।  बाग्लुङको बागलुङ नगरपालिका–४ पाखाथर डेरा गरी बस्ने मनिषा घर्ती श्रेष्ठको घरमा आएका उनकै भाइ बडिगाड गाउँपालिका–१० दर्लिङ बस्ने खेम बहादुर घर्ती मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, मिक्लाजुङ्ग गाउँपालिका–१ चारघरे बस्ने ५६ वर्षीय मान विर राई सोही ठाउँस्थित लेख डाँडाको खोल्सीमा मृत अवस्थामा फेला परेका छन् ।

frontline

गोरखा, गोरखा नगरपालिका–५ मानेपानीस्थित पानी खोल्सामा सोही नगरपालिका पदेलथोक बस्ने ४५ वर्षीय मंगल सार्की मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, स्वर्गद्धारी नगरपालिका–६ डाडाखर्क बस्ने ६३ वर्षीया धनि कुमारी सुनार आफ्नै घर नजिक बारीमा मृत अवस्थामा फेला परेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here