बागमती र धोबिखोलामा बाढी, शंखमुल पार्क,बस्ती लगायतका क्षेत्र डुबानमा

काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।

frontline

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । केन्द्रले भनेको छ, ‘उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाऔं ।’

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here