बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक असार २९ गते बस्ने

२४ असार, मकवानपुर । बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।

उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाका सबै सदस्यलाई असार २९ गते हुने बैठकमा सहभागी हुन सूचना सम्प्रेषण गरिएको छ ।

frontline

बागमती प्रदेशसभाको बैठक यसअघि असार १६ गते बसेको थियो । उक्त बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेट बहुमतले पारित भएको घोषणा गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here