बागमतीको प्रदेशसभा बैठक आज दुई बजे
मंगलबार, बागमती । बागमती (हेटौंडा) प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज मंगलबार दिउँसो दुई बजेका लागि बोलाइएको छ ।
बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् ।
प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्