बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

८ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। संघीय सांसदमा निर्वाचित भएपछि संवैधानिक जटिलता भएको भन्दै पाण्डेले राजीनामा दिएका हुन्।

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार राजीनामा बुझाएका हुन्। नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका पाण्डे २०७८ कात्तिक ११ गते मुख्यमन्त्री भएका थिए।  

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here