बाख्रीको मासु बिक्री गरेकोमा ४ जना पक्राउ

श्रोत : ईन्टरनेट

शनिबार, काठमाडौं । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

frontline

पक्राउ पर्नेमा पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी रहेका छन् ।

उनीहरुले बाख्रीको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रीसहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ ।

यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका- १३ मुर्लीका २८ बर्षीय रोज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here