बहिस्कारका बाबजुद बजेट पास-धनकुटा नगरपालिका

धनकुटा नगरपालिकाले नगरसभा सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८०/०८१ का लागि ७५ करोड ६४ लाख रुपैँया बराबरको बजेट नगरपालिकाले ल्याएको छ। 

असार मसान्तभित्र नगरसभामा पास गरेर बजेट ल्याउनु पर्ने भएपनि बहुमत सदस्यले नगरसभाको बहिस्कार गरेकाले नगरपालिकाले बजेट ल्याउन सकेको थिएन। बुधबार नगरपालिकाले उपस्थित सदस्यको बहुमतले नगरसभा पास गरेको छ। 

frontline

५२ जना नगरसभा सदस्य रहेको नगरपालिकाका २९ सदस्यले नगरसभाका बहिस्कार गरेका थिए। लोकतान्त्रिक गठबन्धन तर्फका २९ सदस्यले पत्रकार सम्मेलन गर्दै नगरसभा बहिस्कार गरेको जानकारी दिएका हुन्। अघिल्लो वर्ष नगरपरिषद्बाट पास भएका विषयहरुलाई कार्यान्वयन नगरेकाले नगरपरिषद् बैठक बहिस्कार गरेको उनले जनाए। 

नगरको विकास र नगरवासीको हितमा विभिन्न मागहरु नगरपरिषद बैठकमा प्रस्तुत गर्दा नगर प्रमुखले प्रस्तुत मागहरु उपर सम्बोधन नगरेको उनीहरुको गुनासो छ। उक्त मागहरु पुरा नहुन्जेल नगरपालिका बैठक वहिष्कार गर्ने निर्णय गरिएको नगरसभा सदस्य गोविन्द राईले बताए।  

धनकुटा नगर खानेपानीको स्वामित्व पूर्णमा नगरपालिकाको मातहतमा आउनु पर्ने, लेखासमिती गठन गरेर कार्यविधि बनाएपनि कार्यन्वायनमा नल्याएकाले र यसलाई तत्काल कार्यन्वयनमा ल्याउनुपर्ने उनीहरुको माग छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here