बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु

१५ साउन, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-२ झण्डा बजारमा आज बसबाट ओर्लने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीकै कौडेना गाउँपालिका-३ बस्ने ४० वर्षीय चन्दन चौधरी रहेका छन्। 

frontline

आज बिहान पौने ११ बजे ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो।

बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here