बर्दिया ठाकुरबाबा नगरपालिकाद्वारा ट्रान्सफर सर्टिफिकेटको रकम निर्धारण
२५ साउन, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिकाले ट्रान्सफर सर्टिफिकेटको रकम निर्धारण गरेको छ ।
नगरपालिकाले एसइई परीक्षामा उतीर्ण गरेका विद्यार्थीहरुको सर्टिफिकेटको मूल्य निर्धारण गरेको हो ।
नगरपालिकाले एक सूचनामार्फत् सर्टिफिकेटको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।
निर्धारित रकमभन्दा बढी शुल्क नलिनका लागि पालिकाले नगरभित्रका सबै विद्यालयलाई अनुरोध गरेको छ ।
पालिकाका शाखा अधिकृत सीताकुमारी भण्डारीका अनुसार विद्यालयले फरकफरक शुल्कमा सर्टिफिकेट वितरण गरेको गुनासो आए पनि पालिकाले मूल्य निर्धारण गरेको बताइन् ।
सूचनामा एक हप्तामा भित्रमा विद्यालय व्यवस्थापन समिति गठन गर्नसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्