बन्दुकधारीद्धारा १० गाउँलेको हत्या, ११ जना गम्भीर घाइते

अबुजा

२३ असोज (रासस ÷सिन्ह्वा) ः नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

frontline

त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो ।

उक्त गाउँमा बुधबार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् ।

उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन् ।

उनकाअनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानुको साथै अरु ११ जना नराम्ररी घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल पु¥याइएको र त्यस हत्यामा सलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् । –

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here