बजेट सक्न आर्थिक वर्षको अन्त्यमा किनेको बिरुवा र तारजाली वडापरिसरमै थन्कियो

बाराको परवानीपुर गाउँपालिकाले गत आर्थिक वर्ष ०८०/८१ को अन्त्यतिर पालिकालाई हरियाली बनाउन भन्दै ल्याएको बिरुवा र तारजाली वडा कार्यालयपरिसरमै थन्किएको छ। गाउँपालिकाले पालिकाको सडकछेउमा हरियाली बनाउन भन्दै दुई सयभन्दा बढी बिरुवा र तारजाली खरिद गरेको थियो।

स्थानीय नन्दकिशोर रामका अनुसार पालिकाले लाखौँ खर्च गरेर खरिद गरेको बिरुवा र तारजाली परवानीपुर– ३ लिपनीमालस्थित वडा कार्यालयको परिसरमा यतिकै अलपत्र अवस्थामा छ। बिरुवा र तारजाली तीन साताभन्दा अघिदेखि यतिकै राखिएको उनले बताए।

frontline

दुई सयभन्दा बढी बिरुवा र साेही परिमाणामा तारजाली खरिदमा करिब १० लाख खर्च भएको नाम उल्लेख नगर्ने सर्तमा कार्यालयका एक कर्मचारीले बताए। बिरुवा रोप्ने स्थान छनोट नै नगरी खरिद गर्दा अहिले अलपत्र परेको उनको भनाइ छ।

स्थानीय रामदयाल साहले बजेट सकाउन हतारमा बिरुवा र तारजाली खरिद गरेर कर्मचारी र जनप्रतिनिधिले कमिसन खाए पनि बिरुवा रोप्न चासाे नदिएकाे बताए। उनले हरियाली बनाउने योजनाको नाममा पालिकाले बिरुवा र तारजाली किनेर भ्रष्टाचार गरेको आरोप लगाए। अहिले दिन प्रतिदिन स्थानीयहरूले आआफ्नो घरमा बिरुवा लैजान थालेकाे उनकाे भनाइ छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले पालिकाले बिरुवा र तारजाली किनेर सडकको छेउमा रोप्नलाई योजना बनाएको सुनाए। उनले अहिले वडा कार्यालयमा राखिएका बिरुवा र तारजालीको बजेटका बारेमा जानकारी माग्दा थप बताउन आनाकानी गरे। यस सम्बन्धमा खरिद तथा जिन्सी शाखाका प्रमुख अजय कुशवाहासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here