बजार क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन सी सी क्यामरा जडान

मेवालाल यादव रौतहट रौतहटको परोह नगरपालिका वडा नं ४ लौकाहा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट लौकाहाको बजार शान्ति सुरक्षालाई मजबुत बनाउने उदेश्यले हुलाकी राजमार्ग, सहायक राजमार्गहरु, बजार एरियाका बिभिन्न ८स्थानहरुमा सी सी क्यामरा जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको बार्षिक कार्य योजना अनुरूप जडान तथा बिस्तार योजना अन्तर्गत बिहीबार बिहान ९ बजेको समयमा उक्त सी सी क्यामराको उद्घाटन गरिएको छ। प्रत्यक्ष निगरानी तथा मोनिटर गर्न प्रहरी पोष्टमा ४२ इन्चको सी सी टी भि स्किन उद्घाटन कार्यक्रमका अध्यक्षता नगर प्रमुख शेख वकिलले गरेका थिए भन्ने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव रहनुभएका थिए। सो कार्यक्रमका बिशेष अतिथि प्रहरी उपरीक्षक शिद्धी विक्रम शाह, राजपुर नगरपालिकाका नगर प्रमुख मो. सकिल अख्तरको रोहवरमा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, पत्रकार, बुद्धिजीवी, ब्यापारी समेतको उपस्थितिमा सी सी क्यामरा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here