फेसबुकको नाम परिवर्तन, ‘मेटा’ राखियो

१२ कार्तिक, काठमाडौं : फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् ।

एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।

frontline

जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे ।

नयाँ लोगो इनफिनिटी आकारमा छ । यसअघि फेसबुकको लोगो बुढी औंला माथितिर फर्किएको ‘लाइक’ लोगो थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here