फिलिपिन्सका पूर्व राष्ट्रपति मार्कोसका छोराद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

मनिला

२१ असोज (रासस÷सिन्ह्वा) ः फिलिपिन्सका पूर्व राष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्व सिनेटर फेर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

frontline

पूर्व राष्ट्रपति मार्कोसका दुई सन्तान मध्ये एक मात्र छोरा मार्कोस जुनियरले आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार उम्मेदवारी दिनु भएको हो ।

उहाँले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिनु भएको जनाइएको छ ।आफ्ना बुवा राष्ट्रपति भएका बेला उहाँ इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित हुनुभएको थियो ।

उहाँका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुभएको थियो । उहाँको निधन १९८९ मा भएको थियो । मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटर समेत हुनुभएको थियो ।

सन् २०१६ मा भएको निर्वाचनमा उहाँले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । आगामी सन् २०२२ को मे मा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

भावी राष्ट्रपतिका लागि उहाँसहित चर्चित वक्सीङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ । उम्मेदवारी दर्ताको समय यही अक्टोबरको ८ तारिखसम्म तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । (((

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here