फिलिपिन्सका उपराष्ट्रपति आगामी निर्वाचनमा राष्ट्रपतिमा उठ्ने

मनिला, फिलिपिन्स, असोज २२ (रासस-एपी)- फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडोले बिहीबार अब हुने निर्वाचनमा राष्ट्रपतिको उमेद्वार बन्ने घोषणा गरेकी छिन् ।

यो उनको लामो समयदेखि अपेक्षित निर्णय हो । विपक्षी नेता रोब्रेडोले मे ९को चुनावको लागि सहमतिको एकल उमेद्वार छनोट गर्ने विषयले मूर्त रूप नलिएपछिउमेद्वारी घोषणा गरेकी हुन् ।

frontline

रोब्रेडोले यसअघि भनेकी थिइन् – उनी चुनाव लड्ने निर्णय गर्न सक्छिन् यदि पूर्व सिनेटर फर्डिनान्ड “बोङबोङमार्कोस जुनियर पनि राष्ट्रपतिको उमेद्वार बनेको अवस्थामा ।

मार्कोसजसलाई उनले २०१६को उपराष्ट्रपति पदको दौडमा झिनो मतलेपराजित गरेकी थिइन् । बुधबार बोङबोङले राष्ट्रपतिको उमेद्वारी दर्ता गरेपछि रोब्रेडोले पनि उनका विरुद्ध चुनाब लड्ने घोषणा गरेकी छिन् ।

फिलिपिन्समा राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै चुनिने व्यवस्था छ। —–

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here