फागुन अन्तिम साताबाट आचारसंहिता लागू हुने संकेत

१३ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि चाँडै आचारसंहिता लागू गर्ने भएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलन गरेर आचारसंहिताको तयारी भइसकेको जानकारी दिए । 

frontline

‘आयोगले आचारसंहितलाई अन्तिम स्टेजमा पुर्‍याएको छ । कानुन मन्त्रालय पुगेर राजपत्रमा प्रकाशित भइसकेपछि लागु हुन्छ ।

त्यसका केही प्राविधिक कुराहरु मिलाउनुपर्ने भएकाले छलफलमा छ,’ उनले भने । अर्यालले फागुन अन्तिम साताबाट आचारसंहिता लागू हुने संकेत गरे । 

निर्वाचनमा खटिने जनशक्तिको विवरण फागुन २० सम्ममा प्राप्त भइसक्ने र नामावली प्राप्त भइसकेपछि हुनसक्ने कर्मचारी सरुवालाई मध्यनजर गरेर आयोगले आचारसंहिता लागू गर्ने उनको भनाइ छ । 

सहायता प्रवक्ता अर्यालले निर्वाचनमा भाग लिन २९ दलले निवेदन दिएको र पछिल्लो हप्तामात्रै १९ दलबाट निवेदन प्राप्त भएको बताए । 

निर्वाचन गराउन चाहिने १ लाख १० हजार ७१३ जना अनुमानित जनशक्तिको प्रतिव्यक्ति २० लाख बिमा गर्न बिमा कम्पनीबाट प्रस्ताव माग गरिएको निर्वाचन आयोगले जनाएको  छ।

आयोगका अनुसार मतदान कार्यमा संलग्न हुनेका लागि मास्क स्यानिटाइजर र प्राथमिक उपचार सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ।

यस्तै,  निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ अर्थमन्त्रालयसँग माग गरिएको निर्वाचन आयोगले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here