फरार सूचीमा रहेका वडा सदस्य पक्राउ

१६ जेठ, जनकपुरधाम । धनुषा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका एक जना वडा सदस्यलाई पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई प्रहरीले पक्राउ गरेको हो ।

frontline

कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बेला बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बिराजीलाई पक्रेर अन्य अनुसन्धान भइरहेको छ । बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here