प्रेस काउन्सिल : पत्रकारलाई तुरुन्त काममा फर्काउन आग्रह

२६ कार्तिक, काठमाडौं : प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई तुरुन्त काममा फर्काउन आग्रह गरेको छ।

काउन्सिलले आज (शुक्रबार) प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई कामबाट हटाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूलाई तत्काल काममा फर्काउन आग्रह गरेको छ।

frontline

काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेकाले अध्ययन भइरहेको विज्ञप्तिमा जनाइएको छ।

यस्तै बैठकले केही सञ्चारगृहहरूले कोरोना महामारीलाई देखाएर श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराइएको र सेवाबाटै निष्काशन गरेकोप्रति पनि ध्यानाकर्षण भएकाले यस्तो कार्य नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here