प्रेमिका फेल हुने आशंकामा महिला बनेर जाँच दिन पुगे प्रेमी

बिहीवार, एजेन्सी ।  प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ । अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्वजनिक भएको छ ।

प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फेल हुने आशंका गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका हुन् ।

frontline

तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्राउ परे ।

ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए ।

म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फेल हुने डर भएपछि म्बौपले योजना बनाए । प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए । तीन दिन कसैले थाहा पाएन ।

खादिमले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’

तर प्रहरीले उनको कुरा मानेनन् । प्रेमी तथा प्रेमिकाविरुद्ध ठगीको मुद्दा दर्ता गरिएको छ ।

उनीहरू दोषी ठहरिएमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन् ।

उनीहरूलाई अधिकतम पाँच वर्षको सजाय पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here