प्रादेशिक अस्पतालको शुभकामना आदानप्रदान सम्पन्न

Exif_JPEG_420

मेवालाल यादव
कार्तिक ३ गते , रौतहट

frontline

प्रादेशिक अस्पताल गौरले बडादशै, तिहार, छठ–२०८० सालको उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक अस्पतालको नि.प्र. मे. सु. डा. कृष्ण साहले अस्पतालको विकासका लागि आफूहरु निरन्तर लागिरहेको बताउँदै उहाँले भन्नुभयो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण साहले आफू प्रमुखभएर आएसँगै अस्पताल सुधारका काम शुरु गरेको बताउनुभयो । उहाँले अस्पतालमा आर्थिक र नैतिक अनुशासन कायम गराउन आन्तरिक सर्कुलर नै गरेको भन्दै सेवाग्राहीप्रतिको व्यवहारमा सुधार ल्याउने बताउनुभयो ।अस्पतालको सरसफाई र फार्मेसीमा औषधिको संख्या बढाउँदै लागिएको बताउदै चाड पर्वहरूमा प्रादेशिक अस्पताल परिवार एकजुट भएर एकै ठाउँमा मनाउनुपर्ने औल्याउँदै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रादेशिक अस्पताल गौरको ब्यवस्थापन समितिका अध्यक्ष मो. अनवर हासमिले स्वागत मन्तव्य राख्दै सहभागि सवैले दशैंको अवसरमा राखिएको शुभकामना आदानप्रदान कार्यक्रममा दशैंमा सवैको घरमा शुख शान्ति र समृद्धि छाओस, नवदुर्गाले सवैको घरमा बास गरोस भन्दै शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

poster-here